
राजधानीमा भड्किएको प्रदर्शनको क्रममा प्रदर्शनकारीले लैनचौरस्थित एनसेल प्रधान कार्यालयमा पनि आगजनी गरेका छन् ।
एनसेलले देशभर हालै विकसित दुर्भाग्यपूर्ण घटनाक्रमबाट मर्माहत भएको जनाउँदै मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जलि र शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेको छ।
कम्पनीले परिवर्तन र संकटको समयमा आम उपभोक्तालाई देश-विदेशमा रहेका आफन्तजनसँग सम्पर्क निरन्तर राख्नु आफ्नो प्राथमिकता भएको बताएको छ।
मंगलबार एनसेलको केन्द्रीय कार्यालयमा आन्दोलनकारीहरूले प्रवेश गरी तोडफोड गरेका छन्। कम्पनीले दूरसञ्चारजस्तो अत्यावश्यक र सार्वजनिक सम्पत्तिमा क्षति भएमा समग्र सेवामा अवरोध उत्पन्न भई उपभोक्तालाई मर्का पर्ने जनाएको छ। त्यसैले यस्ता अत्यावश्यक सेवा र सम्पत्तिमा कुनै क्षति नपुर्याउन र अविरल सञ्चार सेवा प्रदान गर्न सहयोग गर्न सम्पूर्णमा अनुरोध गरेको छ।
उपभोक्तालाई सहज सञ्चारको पहुँच सुनिश्चित गर्न आजदेखि लागू हुने गरी आगामी दुई दिनसम्म निःशुल्क लोकल भ्वाइस कल, इन्टरनेट र एसएमएस सेवा उपलब्ध गराएको एनसेलले जानकारी गराएको छ।










Facebook Comments