
काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आफ्नो राजीनामा बुझाएका हुन्।
पछिल्लो विवरणअनुसार आज साँझ ८ बजेसम्म देशभरिका विभिन्न अस्पतालहरूमा ४२२ जना घाइते भएका छन् भने १९ जनाको ज्यान गएको पुष्टि भएको छ।
सबैभन्दा धेरै घाइते सिभिल सेवा अस्पतालमा भर्ना भएका छन्, जहाँ १७० जना उपचाररत छन् र ३ जनाको मृत्यु भएको छ। एभरेस्ट अस्पतालमा १०२ जना घाइते पुगेका छन् भने ३ जनाको मृत्यु भएको छ। यस्तै, नेशनल ट्रमा सेन्टरमा ५९ जना घाइते भर्ना भएका छन् र त्यहाँ मृत्यु हुनेको संख्या ८ रहेको छ।
उनले उक्त घटनाका कारण नैतिकताका आधारमा पदमा बसिरहन नसक्ने बताएका हुन्।









Facebook Comments