काठमाडौँ । जेन-जी ग्राउन्ड टिमले आज सोमबार आयोजित प्रदर्शनलाई हिंसात्मक बनाउन एमाले नेता महेश बस्नेत र माओवादी कार्यकर्ताको हात रहेको रिपोर्ट दिएको छ । आन्दोलनलाई संयोजन गरिरहेको -हामी नेपाली’ले भ्रष्टाचार विरोधी युवाहरूको समूहमा यस्तो सूचना दिएको हो ।

“हामीले हाम्रो ग्राउन्ड टिमबाट महेश बस्नेत र मा‌ओवादी पार्टीका कार्यकर्ताहरूले आजको प्रदर्शनलाई बिगार्दै हिंसात्मक र नियन्त्रण बाहिरको अवस्थामा पुर्‍याएको समाचार प्राप्त गरेका छौँ । हामी यसबारे थप अनुसन्धान गर्दैछौँ र थप विवरणहरू चाँडै उपलब्ध गराइने छ ।”

ad