काठमाडौं– जेन–जी पुस्ताको प्रदर्शन नियन्त्रण बाहिर पुगेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले नयाँ बानेश्वर आसपासका क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो ।

प्रशासनका अनुसार आज साढे १२ बजेबाट राति १० बजेसम्म कर्फ्यू लगाइएको हो । निषेधित क्षेत्र तोडेर केही प्रदर्शनकारी नयाँ बानेश्वरस्थित संसद् भवन प्रवेश गरेका थिए । अहिले ठूलो संख्यामा प्रहरीले संसद्‌भित्रबाट सुरक्षा गरिरहेको छ । पश्चिम र दक्षिणतर्फ गेट अगाडि हजारौंको संख्यामा प्रदर्शनकारी छन् ।

ad