काठमाडों । सामाजिक सञ्जाल बन्दको विरोधमा र भ्रष्टाचारविरूद्ध जेनेरेशन जेड अर्थात् जेनजी पुस्ताले भोलि सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गर्ने भएका छन्।

सन् १९९७ देखि २०१२ सम्म जन्मिएका १३ देखि २८ वर्ष उमेर समूहका युवायुवती, स्मार्टफोन र इन्टरनेटको युगमा हुर्केका, प्रविधिमैत्री र नवप्रवर्तनमा रुचि राख्ने जेनेजी पुस्ता भनिन्छ ।

ad

विद्यार्थीहरू पोशाक लगाएर परिचय पत्रसहित कम्तीमा एउटा किताबसहित माइतीघर मण्डलमा उपस्थित हुन उनीहरूले आग्रह गरेका छन्।

उनीहरूले देशमा सुशासन, रोजगारी सिर्जनाको वातावरणलगायत हुनुपर्ने माग गरेका छन् । सरकारको कदमले युवामाझ आपसी सम्पर्क, सिर्जनशीलता र समूहगत गतिविधिमा कमी आउने, आर्थिक दृष्टिले हेर्दा अनलाइन व्यापार, ई–कमर्स, डिजिटल मार्केटिङ र विज्ञापन उद्योग ठप्प हुने खतरा रहेको भन्दै जेन्जीले आन्दोलनको घोषणा गरेका हुन् ।