
काठमाडौं । नेपाल तयारी पोसाक उद्योग संघको अध्यक्षमा पशुपतिदेव पाण्डे पुनः निर्विरोध निर्वाचित भएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य समेत रहेका पाण्डे प्योर क्लोथिङका सञ्चालक हुन् ।
संघको निवर्तमान अध्यक्षमा चण्डीप्रसाद अर्याल, प्रथम उपाध्यक्षमा बसन्तराज अधिकारी (हिमालयन कटन फेसन एण्ड ईन्टरनेशनल प्रालि) र उपाध्यक्षमा भुपेन्द्र कुमार बस्नेत (विद्या एप्परेल्स प्रालि) र्निविरोध निर्वाचित भएका छन्।
त्यस्तै, महासचिवमा भिमकुमार गिरी, सहसचिवमा थोमनाथ बस्याल र कोषाध्यक्षमा संजय कुमार अग्रवाल निर्वाचित भएका छन्।
साथै, कार्यसमिति सदस्यमा कृष्ण प्रसाद पाण्डे, सुरेशमान श्रेष्ठ, हिराकाजी मुक्तान, सतिस गिरी, सचिन्द्र प्रधानाङ्ग र रमेश कुमार कर्ण निर्वाचित भएका छन् । त्यस्तै, आमन्त्रित सदस्यमा सन्दिप पौडेल चयन भएका छन्।








Facebook Comments