काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनमा विधि र विधानसँग सम्बन्धित बिषय मात्रै उठने बताएका छन् ।

उनले पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीको सदस्यता नवीकरणको विषय विधान महाधिवेशनको छलफलको विषय नभएको समेत बताए । आजदेखि गोदावरीमा शुरु भएको

ad

विधान महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले भण्डारीको नाम नलिईकन भने– केही विषयहरू उठेका छन् । ती विषयहरू विधान महाधिवेशन विधि र विधानसँग सम्बन्धित छैनन्। त्यस्ता विषयहरूमा अन्य कमिटीमा छलफल गरिने ओलीले जानकारी दिए ।