
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सदस्यता रोक्ने निर्णय गरेर पार्टी नेतृत्वले आफ्नो गहिरो आस्था र विश्वासमाथि कुठाराघात गरेको बताएकी छन् ।
आफ्नो पार्टी सदस्यता नवीकरणमाथि उठाइएको विवादले पार्टीको एकता र लोकतान्त्रिक मूल्यमाथि प्रश्न उठेको समेत उनको भनाई छ । विधान महाधिवेशनका प्रतिनिधिलाई सम्बोधन गर्दै उनले लेखेको पत्रमा यो विवाद व्यक्तिगत नभई पार्टीको विधि, मूल्य र भविष्यसँग जोडिएको बताएकी छन् ।
आफ्नो जीवनको लामो समय देश, जनता र पार्टीका निम्ति अर्पण गरेको बताउँदै भण्डारीले महिला अधिकार, मानव अधिकार, न्याय र समानताका लागि आफूले निरन्तर आवाज उठाउँदै आएको बताउँदै उनले अनेकौं संघर्ष, कठिनाइ र चुनौतीसँग आफूले कहिल्यै हार नमानेको र आज पार्टी सदस्यतामाथि उठाइएको प्रश्न आफ्ना निम्ति गम्भीर रूपमा खडा भएको उल्लेख गरेकी छन्।
उनले पार्टीको सचिवालय, स्थायी समिति र केन्द्रीय कमिटीका बैठकहरूमा यसअघि आफ्नो सदस्यतामाथि कुनै प्रश्न नउठेको तर अहिले विवादमा पारिएकोप्रति आश्चर्य व्यक्त गरेकी छन्।
‘मैले आफ्नो जीवनको लामो समय देश, जनता र पार्टीका लागि अर्पण गरेको छु। महिला अधिकार, मानव अधिकार, न्याय र समानताका लागि निरन्तर आवाज उठाउँदै आएकी छु,’ उनले लेखेकी छन्, ‘आज मेरो सदस्यतामाथि उठाइएको प्रश्न मेरो लागि मात्र होइन, पार्टी र सिङ्गो राष्ट्रका लागि गम्भीर छ। यो पत्र आत्मरक्षाका लागि होइन, बरु पार्टीको उज्ज्वल भविष्यका लागि हो।’
भण्डारीले आफ्नो सदस्यता कायम राख्न र पार्टीमा एकताबद्ध वातावरण बनाउन नेतृत्वसँग आग्रह गरेकी छन्। उनले यो विषय सम्पूर्ण सदस्यहरूको आस्था र अधिकारसँग जोडिएको बताउँदै पार्टीको विधि, मूल्य र लोकतान्त्रिक अभ्यासको रक्षाका लागि यो पत्र लेखेको उल्लेख गरेकी छन्।
‘
भण्डारीले पार्टीमा विधि, पद्धति र लोकतान्त्रिक अभ्यास कमजोर भए सम्पूर्ण पार्टीलाई असर पर्ने चेतावनी दिँदै समयमै सच्याउन आग्रह गरेकी छन्। ‘मेरो प्रयास पार्टीलाई एकताबद्ध र सुदृढ बनाउन हो। यस्तो प्रयासलाई गलत भाष्य बनाएर कमजोर पार्ने काम नहोस्,’ उनले पत्रमा भनेकी छन्।
उनले विधान महाधिवेशनका प्रतिनिधिलाई यो विषयमा गम्भीर बन्न र पार्टीको वैचारिक र सांगठनिक सुदृढीकरणका लागि सकारात्मक निर्णय लिन आग्रह गरेकी छन्। ‘










Facebook Comments