
काठमाडौं । मेटा, लिंक्डइनसहित २० कम्पनीले आन्तरिक राजस्व विभागअन्तर्गत ठूला करदाता कार्यालयमा दर्ता भएर कर तिरेका छन् ।
सरकारले नेपालमा दर्ता हुन नआएका सामाजिक सञ्जाललाई निष्क्रिय गर्न पत्राचार गरेको छ । तर, गत तीन वर्षमा विभिन्न २० अन्तर्राष्ट्रिय कम्पनी नेपालको कर सिस्टममा दर्ता भएका छन् ।
यी २० वटा कम्पनीमा हाल सरकारले निष्क्रिय गर्न लागेका सामाजिक सञ्जाल मेटा, लिंक्डेइनलगायत छन् । यी २० कम्पनीले नेपालमा गत आर्थिक वर्ष २०८१÷८२ मा ५० करोडभन्दा बढी कर तिरेको आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दहालले बताए ।









Facebook Comments