काठमाडौं । अमेरिकाले एकसाथ डिपोर्ट गरेका ३७ नेपालीलाई चार्टर्ड विमानमार्फत बिहीबार अपरान्ह ५ बजे काठमाडौं ल्याएर छोड्ने भएको छ ।

अध्यागमन विभागका अनुसार अमेरिकाले डिपोर्ट गरेका ३७ नेपाली आज काठमाडौं आइपुग्ने जानकारी प्राप्त भएको थियो तर, प्राविधिक कारण देखाउँदै २४ घण्टा सारिएको छ । यति ठूलो संख्यामा नेपालीलाई अमेरिकाले डिपोर्ट गरी पठाएको यो दोस्रो पटक हो ।

ad

यसअघि २०८२ जेठ २५ गते अमेरिकाले चार्टर्ड विमानमार्फत नै डिपोर्ट गरी पठाएका ३७ जना नेपाली काठमाडौं पठाएको थियो । दोस्रो पटक डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति भएयता हालसम्म २१५ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका छन् ।


काठमाडौंस्थित अमेरिकी दूतावासले डिपोर्ट भएका नेपाली काठमाडौं आउनु केही दिनअघि त्यसबारे अध्यागमन विभागलाई जानकारी दिने गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेपछि उनीहरूलाई नेपाल प्रहरीलाई बुझाउने गरिएको छ ।