काठमाडौं । राजधानीको गोंगबु टाउन प्लानिङस्थित गोरखा स्थायी घर भई सो स्थानमा बस्दै आएका विनोद श्रेष्ठको घरमा प्रहरीले छापा मार्दा ठूलो परिमाणमा अवैध रकम र सुन फेला पारेको छ ।

मंगलबार उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले ठुलो परिमाणमा अवैध रकम लुकाइएको सूचनाका आधारमा छापा मारेको हो । प्रहरीले श्रेष्ठलाई पक्राउ गरि आवश्यक अनुसन्धान शुरु गरेको जनाएको छ ।

ad