
काठमाडौं । यही भदौ २०–२२ मा हुने दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा एमालेले यही भदौ १९ गते सचिवालय बैठक बोलाएको छ ।
विधान महाधिवेशनको तयारीका लागि सचिवालय बैठक भदौ १९ गते दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बस्ने एमाले प्रचार विभागले जनाएको छ ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनउपर छलफल हुने भएको छ । विधान महाधिवेशनकै तयारीका लागि यस अगाडि बोलाएर स्थगित भएको केन्द्रीय कमिटी बैठक भने अब नबस्ने बताइएको छ ।









Facebook Comments