
काठमाडौं । कर्मचारीहरुको उमेरहद ऐन पारित भएको आर्थिक बर्षमै ५९ बर्ष बनाउनुपर्ने प्रस्तावमा प्रतिपक्षी दलका सांसदहरुले विरोध जनाएपछि सरकार पछाडि हटेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले राष्ट्रिय सभाको विधायन समितिको आजको बैठकमा प्रतिनिधिसभाबाट पारित व्यवस्था अनुसार नै अगाडि बढन सहमत भएको बताएकी छिन् । प्रतिनिधिसभा र विधायन समितिमा ऐन पारित भएको आर्थिक बर्षमा कर्मचारीहरुको अवकाश उमेर हद ५८ बर्षमा राख्ने सहमति मन्त्री न्यौपानेले सोमबार विधायन समितिको बैठकमा विधेयक ऐन बनेर लागु भएको बर्षमा नै ५९ बर्षे उमेर हद लागु गर्ने प्रस्ताव अगाडि सारेकी थिइन तर नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीले आपत्ति जनाएपछि सोमबार समितिको बैठकमा पारित हुन सकेन । आज समितिको बैठकमा आफ्नो प्रस्तावबाट मन्त्री न्यौपाने पछाडि हटेकी छिन् ।
मन्त्री न्यौपानेले विधेयकमा आफ्नो व्यक्तिगत कुनै स्वार्थ नरहेको र सर्वसम्मत गरेर जाने परम्परा रहेको बताएकी छिन् । निजामती सेवा विधेयक आज राष्ट्रिय सभामा पेस गरी आजै पारित गर्ने तयारी छ। साथै प्रतिनिधि सभाबाट भदौ १९ गते पारित गर्ने तयारी रहेको बताइएको छ ।










Facebook Comments