अफगानिस्तानको पूर्वी क्षेत्रमा आइतबार रातिको ६ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या ८ सय पुगेको छ भने झण्डै ३ हजार जना घाइते भएका छन् ।

 

ad

अधिकारीहरूका अनुसार, सबैभन्दा ठूलो मानवीय क्षति कुनार प्रान्तमा भएको छ । भूकम्पले गाउँहरू ध्वस्त पारेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

 

भूकम्पको केन्द्रबिन्दु दुर्गम पहाडी क्षेत्रमा परेकाले उद्धार कार्य गर्न निकै कठिन भइरहेको अधिकारीहरूले बताएका छन् । 'विनाशको स्तर कल्पनाभन्दा बाहिरको छ', एक तालिबान अधिकारीको भनाइ उद्धृत गर्दै बीबीसीले लेखेको छ ।

 

यो विपत्तिको समयमा अफगानिस्तान गम्भीर खडेरी, सहायता कटौती र विश्व खाद्य कार्यक्रमले भोकमरीको अभूतपूर्व सङ्कटमा फसेको देखिन्छ ।