काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता पार्टीले रोक्न नमिल्ने बताएका छन् ।

आज सेन्टर फर पब्लिक पोलिसी रिसर्च नेपालले एमालेको लोकतान्त्रिकरण बिषयक अन्तरसंवादमा उनले पार्टी सदस्यताबारे पार्टीले निर्णय सच्याउने स्थिति आउने दाबी समेत गरे ।

ad

भण्डारीको सदस्यता रोकिएको विषयमा विधान महाधिवेशनमा फरक मत राखिने समेत उनले बताए । उनले पार्टीमा उठेका फरक मतका विषयमा पनि विधान महाधिवेशनमा छलफल हुने बताए ।