काठमाडौं । निजी विद्यालय सञ्चालकहरूको संस्था प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा आज काठमाडौँ चक्रपथमा स्कुल बसको र्‍याली निकालेका छन् ।

विद्यालय शिक्षा विधेयकमा रहेका केही बुँदाप्रति आपत्ति जनाउँदै बिद्यालय सञ्चालकहरु केही दिनदेखि आन्दोलनमा उत्रिएका हुन् ।

ad

विधेयकमा रहेको पूर्ण छात्रवृत्ति र निजी बिद्यालयलाई गैरनाफामूलक बनाउने भन्ने शब्दप्रति उनीहरुको आपत्ति रहँदै आएको छ ।