
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिमा आफ्नो आपत्ति रहेको चिनियाँ राष्ट्रपति सी चीनफिङसँग बताएका छन्।
सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन आज चीनको थियानजिन सहर पुगेका ओली र सीबीच चीनको थियानजिन अतिथि गृहमा भेटवार्ता भएको थियो।
प्रधानमन्त्री ओली शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन आजै चीनको थियानजिन शहरमा पुगेका हुन् ।
चीनको थियानजिनको अतिथि गृहमा प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डल र चिनियाँ राष्ट्रपति सी जीनपीङसहितको प्रतिनिधिमण्डलबीचकाे द्विपक्षीय भेटवार्तामा ओलीले यस्ताे आपत्ति जनाएका हुन् ।









Facebook Comments