काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अरनिको पाँडेलाई २० हजार धरौटीमा छोड्न अदालतले आदेश दिएको छ ।

साइबर अपराधको आरोपमा पक्राउ परेका राष्ट्रिय योजना आयोगका पूर्वकेन्द्रीय सदस्य समेत रहेका पाँडेलाई काठमाडौं जिल्ला अदालतले २० हजार धरौटीमा छोड्न आदेश दिएको हो ।

ad

जिल्ला न्यायाधीश ध्रुवराज कार्कीको एकल इजलासले शुक्रबार उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

एक महिलालाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको अभियोगमा उनीविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो । त्यसै उजुरीका आधारमा उनलाई नेपाल प्रहरीको साइबर व्यूरोले नियन्त्रणमा लिएको थियो ।