काठमाडौं । नेपाल प्रहरीको ३२ औं महानिरीक्षक (आइजिपी)मा चन्द्रकुबेर खापुङ नियुक्त भएका छन्। आज बसेको मन्त्रिपरिषदको बैठकले खापुङलाई आइजीपी नियुक्त गरेको हो ।

वर्तमान आईजीपी दीपक थापा भदौ १८ गतेदेखि अवकाशमा जाने भएपछि सरकारले पहिलो वरियतामा रहेका खापुङलाई आईजीपी नियुक्त गरेको हो । उनी हाल एआईजीको रूपमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को प्रमुख छन्। नवनियुक्त आईजीपी खापुङले भदौ १९ गतेदेखि कार्यभार सम्हाल्ने छन् ।

ad

प्रधानमन्त्री केपी शर्मा ओली भदौ १४ गते चीन भ्रमणमा गएर १८ गते स्वदेश फर्किने भएका कारण सरकारले त्यस अगाडि नै आईजीपी नियुक्त गरेको हो ।