
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विधान अनुसार ०८३ मंसिरभित्रै १५ औँ महाधिवेशन हुने बताएका छन् ।
दशैंपछि बस्ने केन्द्रीय कार्यसमिति बैठकले १५ औँ महाधिवेशनको मिति टुङ्गो लगाउने पनि उनको भनाई छ । सर्लाहीमा आयोजना हुने पार्टीको कार्यक्रममा सहभागी हुन बिहीबार जनकपुरधाम पुगेका महामन्त्री थापाले जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले पन्ध्रौँ महाधिवेशनमा नेतृत्वका लागि दाबी गर्ने या नगर्ने भन्नेतिर अहिले नै विचार नगरेको पनि बताए ।
महामन्त्री थापाले पार्टीभित्र देखिएका आन्तरिक चुनौतीलाई सहमति र संवादमार्फत समाधान गर्दै अघि बढ्ने पनि स्पष्ट पारे ।










Facebook Comments