
पोखरा । प्रभु बैंक लिमिटेड र घरपझोङ गाउँपालिका वडा नं.–२ मार्फास्थित मार्फा प्यालेस होटलबीच व्यवसायिक साझेदारीको लागिएक कार्यक्रमकावीचआफ्नाकर्मचारी तथाग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमाबिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
एक समारोहकाबीच मार्फा प्यालेस होटलका तर्फबाट केशव रिजाल र प्रभु बैंक लिमिटेड तर्फबाट, जोमसोम क्ल्स्टर प्रमुख तथा जोमसोम शाखाका शाखा प्रबन्धक नरेन्द« थकालीले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड÷क्रेडीट कार्ड तथा बैंकको अन्य कुनै बिद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा मार्फा प्यालेस होटलमा उपलब्ध आवास, खाना तथा मनोरञ्जन लगायतका सेवाहरुमा १५प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
स्याउको राजधानीको रुपमा चिनिने मार्फा गाउँमा अवस्थित मार्फा प्यालेस होटल आरामदायी बसाइको लागि न्यानो, परिवारमैत्री वातावरण, आरामदायी आवास र असाधारण सेवाको साथ मिश्रित नयाँ गन्तव्य हुन सक्छ । प्रभु बैंक लिमिटेड तथामार्फा प्यालेस होटलबीच भएको योे साझेदारीले मुस्ताङको पर्यटनको प्रवद्र्धन हुनुका साथै प्रभु बैंक लिमिटेडका ग्राहकहरु पनि लाभान्वित हुनेछन् ।








Facebook Comments