काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने सर्वसम्मत भएकी छन् । दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तय भएको थियो । निर्धारित समयमा न्यौपानेको एकल उम्मेदवारी परेको प्रतिनिधिसभाका सचिव हर्कराज राईले जानकारी दिए ।

प्रस्तावकमा कांग्रेस सांसद रामहरि खतिवडा र समर्थकमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठ राखेर न्यौपानेले मात्रै उम्मेदवारी दर्ता गरेकी संसद् सचिवालयले जनाएको छ ।

ad

राज्यव्यवस्था समितिको बैठक भोलि दिउँसो ३ बजे बस्दैछ । जहाँ न्यौपाने सभापतिमा सर्वसम्मत भएको घोषणा हुनेछ ।समर्थक