
काठमाडौं । संसदीय सुनुवाइ समितिको सभापतिबाट तत्काल लागु हुने गरी ईश्वरी न्यौपानेले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई राजीनामा बुझाएकी छन् ।
उनले आफ्नो राजीनामापत्रमा लेखेकी छन्– ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २५ बमोजिम गठित संसदीय सुनुवाई समितिको सभापति पदमा रही रहन विशेष कारणले म असमर्थ भएको अवगत गराउँदै आजै र तत्काल लागू हुने गरी समितिको सभापति पदबाट राजीनामा गरेको बेहोरा अनुरोध गर्दछु।’
न्यौपानेले राष्ट्रिय सभा अध्यक्षलाई पनि अवगतार्थ राजीनामा पठाएकी छन् ।









Facebook Comments