
काठमाडौं । दुई दिनपछि भदौ १३ गते बस्ने भनिएको नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक स्थगित गरिएको छ ।
विधान महाधिवेशनबारेको सुझाव प्राप्त हुने क्रम जारी रहेको र त्यसलाई एकीकृत गर्न समय लाग्ने भएकाले बैठक स्थगन गरिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
अर्को बैठक कहिले बस्ने हो ? त्यसको मिति भने तय गरिएको छैन । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली चीन भ्रमणमा गएर फर्किएपछि मात्र बैठक बस्ने गौतमले जानकारी दिएका छन् ।
यही भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा एमालेको दोस्रो विधान महाधिवेशन आयोजना गरिँदै छ ।









Facebook Comments