काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले २०८४ मा आफ्नो अवस्था कस्तो होला भन्ने मानसिकतालाई त्यागेर अगाडि बढनुपर्ने बताएका छन् ।

बिद्यार्थी नेता समेत रहेका दीर्घबहादुर शाही ‘डोक्काघरे’ पहिलो साहित्यिक कृति ‘जीवन एक बिम्ब अनेक’ मुक्तक संग्रह राजधानीमा एक समारोहका बीच विमोचन गर्दै महामन्त्री थापाले सबैखाले लोभ, डर र अन्यौलबाट मुक्त हुनुपर्ने बताए । उनले पार्टीको नीति र सिद्धान्त अनुसार अगाडि बढ्नुपर्नेमा समेत जोड दिए । फरक प्रसंगमा महामन्त्री थापाले मुक्तक साहित्यमा गाह्रो विधा भएको उल्लेख गर्दै शाहीले मुक्तक संग्रह प्रकाशन गरेकोमा सफलताको शुभकामना दिए ।

ad

शाहीले यस मुक्तक संग्रहमा प्रेम, जीवन र जगतका बिषयलाई समेटेका छन् भने जीवनका विविध अनभूतिहरुको चित्रण गरेका छन् ।


लेखन र बिद्यार्थी राजनीतिलाई सँगसगै बोकेर हिंडेका शाही अहिले नेपाल बिद्यार्थी संघ कालिकोटको अध्यक्ष र नेपाल लेखक संघको सचिव हुन् । अनुसन्धान विमर्श नेपालद्वारा प्रकाशित ११२ पृष्ठको यो मुक्तक संग्रहभित्र १८७ मुक्तक छन् ।
शाहीले यसअगाडि एउटा लेखसंग्रह र दुई गीति एल्बम बजारमा ल्याइसकेका छन् । अरू केही कृति प्रकाशनको तयारीमा रहेको उनी बताउँछन् ।