ईरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनेईले अमेरिकाविरुद्ध कडा बयान दिएका छन्। उनले भनेका छन् कि अमेरिका चाहन्छ कि ईरान उसकै अधीनमा झुकियोस् र तेहरानमा आफैंका मानिसहरू शासनमा आऊन्, तर त्यो कहिल्यै सम्भव छैन।

खामेनेईले जनतालाई अमेरिकाको प्रयासको विरोधमा एकजुट हुन आग्रह गरेका छन्। यो बयान यति बेला आएको हो, जब ईरानी नेता परमाणु कार्यक्रमका विषयमा युरोपेली नेताहरू सँग वार्ताको तयारी गर्दै छन्।

ad

खामेनेईको वेबसाइटमा सार्वजनिक गरिएको बयानमा उनले अमेरिका र इजरायलमाथि कडा भाषा प्रयोग गरेका छन्। यो बयान इजरायल र ईरानबीच भएको १२ दिन लामो युद्ध रोकिएको दुई महिना पछि आएको हो। जुन १३ देखि २४ सम्म चलेको युद्धमा अमेरिका इजरायलको पक्षमा उभिँदै ईरानमाथि बमबारी गरेको थियो।

खामेनेईले भने, “यी हमलाहरू ईरानलाई अस्थिर बनाउन गरिएका थिए। इजरायलको आक्रमण भएको भोलिपल्टै अमेरिकी एजेन्टहरू युरोपमा भेटिएका थिए र वार्ता गरिरहेका थिए कि सरकार परिवर्तन भएपछिको शासन कसले सम्हाल्ने।”

उनले आरोप लगाए कि अमेरिका र इजरायल ईरानी जनतालाई विभाजित गर्न खोजिरहेका छन्। उनले भने, “हाम्रो देशमा कलह सिर्जना गरेर मात्रै दुश्मन अघि बढ्न सक्छ, तर उनीहरूले बिर्सेका छन् कि संकटको बेला ईरानी जनता एकजुट हुन्छन्।”

अर्को हप्ता ईरान बेलायत, फ्रान्स र जर्मनीसँग परमाणु कार्यक्रममा वार्ता गर्दैछ। अमेरिका र ईरानबीचको वार्ता इजरायलको आक्रमणपछि रोकिएको थियो। अब फेरि वार्ताको छैटौं चरण सुरु हुन लागेको छ।