
काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले आफ्ना दुई जना मन्त्रीलाई फिर्ता बोलाएर अर्का दुई जनालाई मन्त्रीमा पठाउने भएको छ ।
हिजो बसेको पदाधिकारी बैठकले सरकारमा मन्त्री रहेका प्रदीप यादव र नवलकिशोर साहलाई फिर्ता बोलाउने र डा.वीरेन्द्र महतो र रञ्जु झालाई मन्त्रीमा पठाउने निर्णय भएको उनले बताए ।
सरकारमा पठाउने बेलामा नै एक वर्षका लागि भनेर पठाएकोले अहिले सरकारमा भएकाहरुलाई राजीनामा दिन अशोक राईले निर्देशन दिएका हुन् । दुवै मन्त्रीलाई यही भदौ ११ गतेभित्रै राजीनामा दिने बताइएको छ । यसअघि जसपा नेपाल सरकारमा रहेको बेला डा.वीरेन्द्र महतो वनमन्त्री भएका थिए । छ ।









Facebook Comments