
काठमाडों । विश्वव्यापी प्रविधि कम्पनी टीसीएलले ओलम्पिक फ्रीस्टाइल स्कीइङ च्याम्पियन अईलिन गुलाई आफ्नो नयाँ ग्लोबल ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ । यो घोषणा टीसीएलको हालैको अन्तर्राष्ट्रिय ओलम्पिक समितिसँगको साझेदारीपछि आएको हो, जसअन्तर्गत टीसीएल होम अडियो–भिजुअल उपकरण र होम एप्लायन्स क्षेत्रका लागि वल्र्डवाइड ओलम्पिक एण्ड पैरालम्पिक पार्टनर बनेको हो ।
अईलिन गु, जसले १८ वर्षको उमेरमा सबैभन्दा कान्छी फ्रीस्टाइल स्कीइङ ओलम्पिक च्याम्पियन बनेर र एउटै शीतकालीन ओलम्पिकमा तीन पदक जितेर कीर्तिमान राखेकी छन् । टीसीएलको नारा “महानता प्रेरित गरौं” को सजीव उदाहरण हुन् । ब्राण्ड एम्बेसडर नियुक्तिपछि गूले भनिन्,, “टीसीएल जस्तै म पनि प्रगतिको खोजमा निरन्तर आफ्नो सीमा पार गर्न खोज्छु । यो साझेदारी मलाई निकै उत्साहजनक लागेको छ।”
गूको नियुक्तिले टीसीएलको “टीसीएल फर हर” पहललाई अझ बलियो बनाउने विश्वास गरिएको छ । यो पहलले महिलाको सशक्तिकरणका लागि प्रविधि र संस्कृतिको माध्यमबाट काम गर्दै आएको छ, र अहिलेसम्म २,००० भन्दा बढी किशोरी तथा महिलालाई समर्थन प्रदान गरिसकेको छ।
टीसीएल प्रविधिका उपाध्यक्ष तथा टीसीएल च्यारिटी फाउन्डेसनका अध्यक्ष वेई शुएले भने, “अईलिन गु सीमाना नाघ्ने साहसिक खेलाडी हुन्। उनको आत्मा र जोश हामीले प्रवद्र्धन गर्ने मूल्यमान्यतासँग मेल खान्छ।”
जुन महिनामा, टीसीएललाई लुसाने, स्विट्जरल्याण्डस्थित ओलम्पिक संग्रहालयको डोनर्स वालमा स्थान दिइएको थियो, जसमा कम्पनीको योगदानको कदरस्वरूप एक स्मारक ढुंगा अनावरण गरिएको थियो। साथै, टीसीएलले अरवान थ्योरी डान्स क्रिउलाई प्रस्तुत गर्दै मिलान र लस एन्जलस जस्ता आगामी ओलम्पिक सहरहरूलाई जोड्ने एक ग्लोबल क्याम्पेन पनि सार्वजनिक ग¥यो।
मिलानो कोर्तिना २०२६ ओलम्पिक खेलहरूतर्फ अग्रसर हुँदै, टीसीएलले आफ्ना अत्याधुनिक डिजिटल प्रविधिहरू, प्रतियोगितास्थलहरूमा डिजिटल डिस्प्लेहरू, ओलम्पिक गाउँहरूमा उपकरणहरूको आपूर्ति, र एथलेट मोमेन्ट्स” प्लेटफर्ममार्फत खेलाडी र उनीहरूका आफन्तबीच सम्पर्कको सुविधा जस्ता पहलमार्फत खेलाडी तथा दर्शकहरूको अनुभवलाई अझ सशक्त बनाउने लक्ष्य लिएको छ।









Facebook Comments