काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको थापागाउँमा मदन भण्डारी हीरक जन्मोत्सव मूल व्यवस्थापन समितिको कार्यालय प्रयोजनका लागि भन्दै सम्पर्क कार्यालय उद्घाटन गरेकी छन् ।

उदघाटन कार्यक्रममा बोल्दै एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जननेता मदन भण्डारीको विचारलाई विश्वमञ्चमा पु¥याउने काम मदन भण्डारी फाउन्डेशनले गर्नुपर्ने बताए । बिद्यालाई एमालेको पूर्वउपाध्यक्ष भनेर सम्बोधन गरेका पोखरेलले मदन भण्डारी र उहाँले प्रतिवादन गर्नु भएको जनताको बहुदलीय जनवाद यो विचार शान्त तलाउमा ढुंगा चलाए जस्तो सलल चलेर आएको नभई प्रतिकूलताहरूसँग लडेर आएको बताए ।

ad

एमालेले जबजलाई भुल्नै नहुने पनि उनको विचार थियो । पूर्व राष्ट्रपति बिद्या भण्डारीलाई एमाले केन्द्रीय कमिटीले सक्रिय राजनीतिमा आउन रोक्ने निर्णय गरे पनि भण्डारी एमाले पूर्वउपाध्यक्षको हैसियतमा राजनीतिक गतिविधिमा सक्रिय छिन् ।