
काठमाडौं । नेपाली कांग्रेस महामन्त्री तथा सांसद गगनकुमार थापाले नेपालको सहभागिताबिना भारत र चीनबीच नेपालको भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर व्यापार गर्ने भएको सहमति स्वीकार्य नहुने बताएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै महामन्त्री थापाले यस विषयमा नेपालका सबै राजनीतिक दलहरू एक ठाउँमा उभिएर हाम्रो भूमिमाथि आँखा लगाउने कुरा स्वीकार्य नहुने सन्देश दिनुपर्ने बताए । ‘भारत र चीनबीचको सम्झौताबारे नेपालका दलहरू एक स्थानमा उभिनुपर्छ ।
यस विषयलाई घरेलु राजनीतिक विषय बनाउनुहुन्न, महामन्त्री थापाले भने– म नेपाली कांग्रेसको तर्फबाट सबै दलहरूलाई आग्रह पनि गर्न चाहन्छु, हाम्रा मतान्तर र प्रतिस्पर्धा आफ्नो ठाउँमा छन् । हामी कोही पनि यो विषयलाई घरेलु राजनीतिको विषय नबनाऔं । उग्रराष्ट्रवादी हुनेतर्फ पनि हामी नलागौं । यो विषयमा भारत र चीन दुवैलाई नेपाली राजनीतिक दलहरूले एउटै सन्देश दिनुपर्छ–हाम्रो भूमिमाथि आँखा लगाउनु कुरा हामी कसैलाई पनि स्वीकार्य छैन । नेपालले यसको प्रतिवाद गर्छ ।









Facebook Comments