काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि आज प्रतिनिधिसभा बैठकमा सांसदहरुसँग हुने भनिएको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ ।


कार्यव्यवस्था परामर्श समितिको बैठकमा बर्तौलाले ‘स्वास्थ्यका कारण सम्माननीय प्रधानमन्त्री प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका लागि आज संसद् बैठकमा आउन नसक्ने’ जानकारी गराएका थिए । यससँगै प्रधानमन्त्रीसँगको सांसदहरुको प्रश्नोत्तर कार्यक्रम आज नहुने भएको छ ।

ad

यसअघि आजको बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरूले सोध्ने प्रश्नको जवाफ दिने कार्यसूची तय भएको थियो ।