शेखर पक्षका सांसदहरुले किन हस्ताक्षर गर्न मानेनन् ?
काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगर हटाउने प्रस्तावमा नेपाली कांग्रेसले सङ्कलन गरेको पार्टीका सांसदहरूको हस्ताक्षरमा नेता डा. शेखर कोइराला निकट सांसदहरूले हस्ताक्षर गर्न अस्वीकार गरेका छन् ।

कोइराला निकट सांसदहरुले प्रयोजन नखुलेको भन्दै खाली पानामा हस्ताक्षर गर्न अस्वीकार गरेको बताइएको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस र एमालेका नेताहरूबीच उपसभामुखविरुद्ध पदअनुसार आचरण नगरेको भन्दै हटाउने समझदारी जुटेपछि कांग्रेस र एमालेका प्रमुख सचेतकहरूले पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा पार्टीका सांसदहरूलाई बोलाएर हस्ताक्षर सङ्कलन गरेका थिए ।

ad

शेखरले प्रयोजन नखुलेको कागजमा हस्ताक्षर नगर्न आफू निकटका सांसदहरुलाई निर्देशन दिएको बताइएको छ ।