
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्डं)ले उपसभामुख इन्दिरा रानालाई हटाउन खोजेर कांग्रेस र एमालेले गल्ती गर्न लागेको बताएका छन् ।
पार्टी कार्यालय पेरिसडाँडामा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले आदिवासी, जनजाति महिला सामाजिक सेवा गर्ने, बालबच्चाको हेरचाह गर्ने, अन्तर्राष्ट्रिय स्तरको ख्यातिप्राप्त महिलालाई हटाउने कसरत गलत भएको बताए । सरकारले गल्ती गर्नेबाहेक अरु राम्रो काम गर्न नसकेको उनको आरोप छ ।
प्रचण्डले उपसभामुख रानामाथि यसअघि लगाइएको आरोपसमेत कपोलकल्पित रहेको दावी गरे । उपसभामुखमाथि अमेरिका लैजाने प्रयोगका लागि भिसा जारी गर्नका लागि अमेरिकी राजदूतावासमा आफ्नो लेटरप्याडबाट पत्र पठाएको आरोप छ ।









Facebook Comments