काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने तयारी गरेका छन्।

आज सिंहदरबारस्थित कांग्रेस र एमाले संसदीय दलमा उनीहरूले आ आफ्ना सांसदहरूको हस्ताक्षरसमेत लिएका छन्। कांग्रेस र एमालेबीच उपसभामुख रानालाई पदीय आचरणअनुसार नचलेको भन्दै हटाउने प्रस्तावमा सहमति जुटेको बताइएको छ ।

ad

प्रतिनिधिसभा नियमावली २०७९ को व्यवस्था उपसभामुख रानालाई पदीय आचरणअनुसार काम नगरेको भन्दै प्रस्ताव दर्ता गर्न लागिएको हो । देउवा निवास बुढानीलकण्ठमा आज बिहान बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले उपसभामुखलाई हटाउने भए प्रस्ताव लैजानुअघि सरकारमा रहेका अरू साना दलहरूसँग पनि कुरा गर्नुपर्ने निष्कर्ष निकालेको थियो।

उपसभामुख मगर भने अहिले अमेरिकामा छिन्। उनी भदौ १३ गतेमात्रै स्वदेश फर्किने कार्यक्रम छ। कांग्रेस र एमालेका नेताहरूले उपसभामुखलाई स्वदेश फर्किएपछि मात्रै प्रस्ताव अगाडि बढाउने तयारी गरेका हुन् ।