
जनता समाजवादी पार्टी जसपा नेपालले गाैर हत्याकाण्डको छानबिन गर्न सर्वोच्च अदालतले दिएको परमादेशलाई पार्टीविरुद्धको षडयन्त्र भनेको छ । सोमबार सर्वोच्चले गाैर नरसंहारको छानबिन गर्न परमादेश दिएपछि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवमाथि समेत छानबिन गर्न बाटो खुला भएको छ । यसमा जसपाले आपत्ति जनाएको हो ।
पार्टी महासचिव रामकुमार शर्माले आफूहरूमाथि राज्यले षड्यन्त्र गरेको बताए । घटनाका आरोपीमध्येका एक रहेका उनले भने, ‘१९ वर्षपछि हामीमाथि मुद्दा दायर गर्न राज्यले लगाएको हो । यो राज्यले हामीमाथी गरेको षड्यन्त्र हो । यसको हामी मधेशमा प्रतिरोध गर्छाैं ।’
उनले थपे, ‘राज्यले आग्रह पूर्वाग्रहले मुद्दा अगाडि बढाएको हो । त्यो समयमा राज्यले हामीसँग आठबुँदे सम्झौता गरेको थियो । तर अहिले आएर मुद्दा दायर गरेको छ । मान्छेलाई हाम्राविरुद्ध उचालेर मुद्दा दायर गर्न लगाइएको हो ।’
आफूलगायतमाथि राज्यले छानबिन गर्न खोजे ठूलो प्रतिरोध गर्ने शर्माले चेतावनी दिए । उनले भने, ‘यो तराई–मधेश, संघीयताविरोधी हर्कत हो । यो सामान्य विषय होइन । विद्रोह निम्त्याउँछ । समस्या सिर्जना गर्छ । छानबिन गर्न खोजे प्रतिरोध गर्छाैं ।’









Facebook Comments