
काठमाडौँ। नागरिक लगानी कोष सञ्चालक समितिको अध्यक्षमा तुलसीप्रसाद घिमिरे नियुक्त भएका छन्। उनलाई आइतबारको उपप्रधान तथा अर्थमन्त्री स्तरको निर्णय अनुसार अध्यक्षमा नियुक्त गरिएको हो।
त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमफिल, अर्थशास्त्रमै एमए र एमपीए गरेका घिमिरे नेपाल राष्ट्र बैङ्कको कार्यकारी निर्देशकबाट अवकाश भएका छन् ।
उनले केन्द्रीय बैङ्कमा सेवा गर्दा सूचना प्रविधि, मानव संसाधन, विदेशी विनिमय, बैङ्किङ एवं अनुसन्धान लगायत अन्य विभागमा कार्य गरेका छन्।









Facebook Comments