काठमाडौँ, १ भदौ : परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा भारतीय विदेशसचिव विक्रम मिस्री नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज यहाँ आइपुग्नुभएको छ ।

भ्रमणका क्रममा आजै दुई परराष्ट्र सचिवहरूले कनेक्टिभिटी, विकास सहयोग र आपसी हितका अन्य विषयमा केन्द्रित रही नेपाल–भारत साझेदारीका विभिन्न पक्षमा छलफल गर्नुहुने मन्त्रालयले जनाएको छ ।

ad

विदेशसचिव मिस्रीले भ्रमणका क्रममा नेपालका उच्चपदस्थ व्यक्तित्वहरूसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

सचिव मिश्रीले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्ता पनि आजै दिनुहुने छ ।

मिश्रीले आज राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी ओली, परारष्ट्रमन्त्री आरजु राणा, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालगायतका उच्चपदस्थ राजनीतिज्ञलाई पनि भेट्ने कार्यक्रम छ । 

उहाँ भ्रमण सम्पन्न गरी भोलि भदौ २ गते काठमाडौँबाट प्रस्थान गर्ने कार्यक्रम छ । भारत र नेपालबीच सदैव बलियो र मैत्रीपूर्ण परराष्ट्र सम्बन्ध रहिआएको छ । विदेशसचिव मिस्रीको यो भ्रमणले दुई देशबीच रहिआएको पारस्परिक सम्बन्धलाई अझ प्रगाढ,घनिष्ट र मैत्रीपूर्ण बनाउन सहयोग पुग्ने बताइएको छ ।