
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई ललितपुरस्थित नख्खु कारागारमा ल्याइएको छ ।
सहकारी ठगीको अभियोगमा पूर्पक्षका लागि भैरहवा कारागारमा थुनामा रहेका लामिछानेलाई आज साँझ नख्खु ल्याइएको कारागार प्रमुख भीम कोइरालाले जानकारी दिए ।
कारागारमा सरुवाका लागि लामिछानेले दिएको निवेदनका आधारमा भैरहवा कारागारबाट निवेदन दिएका थिए । सोही आधारमा अदालतको अनुमतिपश्चात् उनलाई नख्खु कारागार ल्याइएको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद ढकालले हवाईमार्गबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लामिछानेलाई नख्खु कारागारमा ल्याइएको बताए ।
कारागार व्यवस्थापन विभागले सहकारी ठगी मुद्दामा रुपन्देही कारागारको थुनामा रहेका लामिछानेलाई नक्खु कारागारमा सरुवा गरेको हो ।
अहिले साँझ उनलाई जहाजमार्फत त्रिभुवन विमानस्थल ल्याइएको र त्यहाँबाट नक्खु कारागार लगिएको विभागका सूचना अधिकारी सन्देशप्रसाद जोशीले जानकारी दिए ।
कारागार सरुवाका लागि सभापति लामिछानले दिएको निवेदनका आधारमा हिजो विभागले नक्खु कारागार सार्ने निर्णय गरेको थियो । उक्त निर्णय विभागले हिजो राति नै रुपन्देही कारागारमा पठाएको थियो । सोही आधारमा आज उनलाई कारागार सरुवा गरिएको जोशीले बताए ।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर उनलाई जहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र त्यहाँबाट आवश्यक सुरक्षा व्यवस्थाका साथ गाडीमा नक्खु लगिएको हो । लामिछानेलाई ल्याउन लागिएपछि समर्थक र कार्यकर्ता नक्खु कारागार क्षेत्र र विमानस्थल क्षेत्रमा उपस्थित भएका थिए ।
भीड बढी भएकाले उनको सुरक्षालाई ध्यानमा राखेर विमानस्थल आयल निगमको बाटो भएर विमानस्थलबाट नक्खु लगिएको प्रहरीले जनाएको छ ।तको अनुमतिपश्चात् उनलाई नख्खु कारागार ल्याइएको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद ढकालले हवाईमार्गबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लामिछानेलाई नख्खु कारागारमा ल्याइएको बताए ।









Facebook Comments