
काठमाडौं । नेपाली कांग्रेसले बिहीबार पार्टी प्रवेश गराइएका महोत्तरीका देवेन्द्र यादवलाई शुक्रबार निष्कासन गरेको छ ।
यादवविरुद्ध फौजदारी कानुनी कारबाही प्रक्रिया चलिरहेको खुलेपछि शुक्रबार उनको पार्टी सदस्यता खारेज गरिएको कांग्रेसले जनाएको छ । उनीमाथि प्रहरी अधिकारीको हत्या गरेको अभियोग छ ।
सभापति शेरबहादुर देउवाले बिहीबार सानेपास्थित मुख्यालयमा यादवलाई पार्टी प्रवेश गराउँदै स्वागत गरेका थिए । उनै यादवलाई देउवाले स्वागत गरेको दोस्रो दिनमै कांग्रेसले पार्टीबाट निकालेको हो ।
यादवलाई पार्टी प्रवेश गराउनेहरूबारे पनि खोजीनीति भइरहेको कांग्रेस मुख्य सचिव कृष्ण पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।










Facebook Comments