
काठमाडौं । साउन २३ गते पशुपति आर्यघाटमा जलाईराखेको शवबाट निकालिएको हड्डी किनेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–२ का ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरी बलानबिहुल गाउँपालिका–६ का ४१ वर्षीय मिश्रीलाल यादव रहेका छन् ।
ठाकुर हड्डी र खरानी खरिद गर्ने व्यक्ति रहेको र यादव भने सहयोगी रहेको बताइएको छ । पक्राउ परेका ठाकुरको साथबाट प्लास्टिकमा पोको पारिराखेको अवस्थामा हड्डीको धुलो र खरानी जस्तो देखिने वस्तु बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले यसअघि शवको हड्डी बेचेको आरोपमा शव जलाउने व्यक्ति जीवनाथ ढकाल र शव जलाउन दाउरा उपलब्ध गराउने व्यक्ति विनायक मैनालीलाई यस अगाडि नै पक्राउ गरिसकेको छ ।









Facebook Comments