
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मितेरी सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सहकारी वकिल कार्यालय, ललितपुरमा बुझाएको छ ।
सीआईबीको निष्कर्षअनुसार सत्तारुढ नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको संलग्नता प्रमाणित नभएकाले उनलाई प्रतिवादीमा समावेश गरिएको छैन । तर, उनकी पूर्वश्रीमती ज्योति गुरुङलाई भने प्रतिवादी बनाइएको छ ।
अनुसन्धान प्रतिवेदनमा ज्योतिबहादुर भण्डारी, सुवास खत्रीलगायत ११ जनालाई प्रतिवादी बनाउन सिफारिस गरिएको छ । प्रतिवेदन अध्ययनपछि सरकारी वकिल कार्यालयले जिल्ला अदालत, ललितपुरमा मुद्दा दायर गर्ने तयारी गर्नेछ ।
सीआईबीको अनुसन्धानमा सहकारीमार्फत करिब १४ करोड रुपैयाँ ठगी भएको तथ्यांक उल्लेख गरिएको छ ।









Facebook Comments