
काठमाडौं। झापाको दमक नगरपालिका–१३ र १४ मा पर्ने रतुवा र दिपिनी खोला दोभानको उत्तरतर्फका सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याएको प्रकरणमा माओवादी नेता गगन पुरी उर्फ रेवतराज पुरी भ्रष्टाचारी ठहर भएका छन् ।
विशेष अदालतले पुरीसँगै नापी कार्यालय, मालपोत कार्यालयका तत्कालीन कर्मचारी, जग्गाधनी र बिचौलियालाई सहित नौजनालाई भ्रष्टाचारमा दोषी ठहर गरेको छ।
विशेष अदालतले गगन पुरीलाई एक वर्ष कैद र २० लाख रुपैयाँ जरिवाना तोकेको छ । पुरीसहित सरकारी कर्मचारीसमेत ९ जनालाई कसुरदार ठहर गरिएको छ ।
यससँगै व्यक्तिका नाममा गएको करिब आठ सय रोपनी जग्गा जफत हुने फैसला आएको छ । यस प्रकरणमा अन्य आरोपीलाई भने राहत मिलेको छ । झापामा रतुवा र दिपिनी खोलाले धार परिवर्तन गरेपछि बनेको टारलाई पुरीसहितले व्यक्तिको नाममा ल्याएका थिए । यही टार त्यहाँ झापाको बालुवाटारका नाममा परिचित छ ।









Facebook Comments