
भक्तपुर । आज अगष्ट १३ अर्थात विश्व अंगदान दिवस । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रले आज विशेष कार्यक्रमको आयोजना गरी विश्व अङ्गदान दिवस मनाएको छ ।
विश्व अंगदान दिवसको अवसरमा आयोजित विशेष कार्यक्रमको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले गरेका थिए । कार्यक्रममा बोल्दै मन्त्री पौडेलले अंगदान र अंग प्रत्यारोपणले स्वास्थ्य क्षेत्रमा सामाजिक क्रान्ति ल्याएको बताए ।

सो अवसरमा सांसद दुर्लभ थापाले नेपालमै अंग प्रत्यारोपण गर्ने सुविधाले बिरामीहरुलाई विदेशमा उपचार गर्न जाने बाध्यताको अन्त्य भएको बताए ।

कार्यक्रममा प्रमुख अतिथि मन्त्री पौडेलले अंगदाता परिवारहरुलाई सम्मानपत्र हस्तान्तरण समेत गरेका थिए ।

कार्यक्रममा मन्त्री पौडेल, सांसदहरु दुर्लभ थापा, प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्जवल चालिसे लगायत सम्बन्धित सरोकारवालाहरुको उपस्थिति थियो ।







Facebook Comments