
काठमाडौं । प्रतिनिधिसभा बैठक आजको बैठक पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरु ले बहिस्कार गरेका छन् । बैठक सुरू हुनेवित्तिकै रास्वपा र राप्रपाका सांसदहरू सिटबाट उठेर विरोध जनाएका थिए ।
त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद शिशिर खनाललाई बोल्न समय दिए। उनले दुई महिनादेखि भिजिट भिसाका नाममा मानव तस्करीका विरुद्ध उच्चस्तरीय स्वतन्त्र छानविन समितिको माग गर्दै गर्दा सरकार मौन रहेको बताए। उनले संसदबाटै विपक्षीको आवाज निस्तेज गर्ने प्रयास भइरहेको आरोप लगाउँदै हामी त सुशासन होस्, छानबिन होस्, भ्रष्टाचारी मन्त्रीहरू पदमा बहाल नरहून् भन्ने चाहन्छौँ। तपाईं के चाहनुहुन्छ ? भनी प्रश्न गरे ।
उनले बोलिसकेपछि राप्रपाकी सांसद बिना लामाले भिजिट भिसा प्रकरणको छानविन गर्न सरकारले नचाहेको आरोप लगाईन। त्यसपछि दुवै दलका सांसदहरूले संसद बैठक बहिष्कार गरेका थिए।









Facebook Comments