काठमाडौंनेपालमा पहिलो पटक, अन्तर्राष्ट्रिय ख्यातिप्राप्त मोटिभेसनल लेखक, व्यवसायिक प्रशिक्षक तथागिनिज वर्ल्ड रेकर्ड होल्डर डा. उज्ज्वल पाटनीको विशेष उपस्थितिमा“बिजनेस ब्लुप्रिन्ट नेपाल”आयोजना हुँदैछ। उक्त कार्यक्रमको मुख्य प्रायोजकको रूपमा नेपालको अग्रणी सिमेन्ट ब्रान्ड शिवम् सिमेन्टआवद्ध भएको छ।

ad


यो सेमिनार२०७५ साल भदौ १२ गते (२८ अगस्ट २०२५), बिहीबार, होटल मेरियट, नक्साल, काठमाडौंमा बिहान १०स्३० बजे देखि अपरान्ह ५स्०० बजे सम्म हुनेछ।


शिवम् सिमेन्ट, आफ्नोनवीन, अद्वितीय र इनोभेटिभ कार्यक्रमहरूका माध्यमबाट ग्राहकबीच छुट्टै पहिचान बनाउन सफल भएको ब्रान्ड हो। विज्ञापन मात्र नभई, शिवम् सन्देश, नो कम्प्रमाइजजस्ता सन्देशमूलक अभियानमार्फत समाजमा सकारात्मक प्रभाव पुयाउँदै शिवम् सिमेन्टले आफ्नो ग्राहकहरु माझ छुट्टै पहिचान बनाउन सफल भएको छ।

साथै, शिवम् सिमेन्टले विभिन्न महत्वपूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा सहभागिता जनाउँदै आफ्नोब्रान्ड भ्यालुलाई थप सुदृढ बनाउँदै आएको छ।यसैक्रममा, मेगा बिजनेस सेमिनारमा सहकार्य गर्दै डा। उज्ज्वल पाटनी जस्तो विश्वस्तरका मोटिभेसनल स्पिकरसँगको सहकार्यमार्फत सहभागीहरूलाईव्यवसायिक उत्प्रेरणा र ज्ञानप्रदान गर्ने उद्देश्य रहेको शिवम् सिमेन्टका प्रतिनिधिले बताएका छन्।


डा. उज्ज्वल पाटनीसँग३ वटा गिनिज वर्ल्ड रेकर्ड, १५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार, टप टेन थिन्कर २०१४ र कर्पोरेट ट्रेनर अफ इण्डिया जस्ता प्रतिष्ठित सम्मानहरू छन्। उहाँको डिजिटल शो“द उज्वलपन्थी शो”हरेक हप्ता ८० लाखभन्दा बढी दर्शकहरूले ७५ भन्दा बढी देशहरूमा हेर्दै आएका छन्। उहाँका कार्यक्रमहरू बिजनेस गुरुकुल र भीआईपी बिजनेस अडिटमार्फत १०,००० भन्दा बढी व्यवसायीहरूले रूपान्तरण पाएका छन्। साथै, उहाँका ७ पुस्तकहरू १२ भारतीय भाषामा अनुवादित भइसकेका छन् र विश्वभर २८ देशहरूमा १० लाख भन्दा बढी प्रति बिक्री भइसकेका छन्।