काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजीनामा दिन रामहरि खतिवडालाई निर्देशन दिएका छन् ।

सोमबार देउवा निवास बुढानिलकण्ठमा रामहरि खतिवडालाई पनि साथमै राखेर उनले यस्तो निर्देशन दिएका हुन् । उक्त छलफलमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र गृहमन्त्री रमेश लेखक सहभागी थिए ।

ad

संघीय निजामती सेवासम्बन्धी विधेयकमा राखिएको ‘कुलिङ पिरियड’ प्रावधानमा भएको छेडखानीमा समिति सभापति खतिवडालाई पनि नैतिक जिम्मेवार भनेर जीवन परियार नेतृत्वको समितिले भनेपछि देउवाले तत्काल राजीनामा दिन भनेका हुन् । खतिवडाले आफूले गल्ती नगररेको दाबी गर्दै आएका छन् ।

समितिको प्रतिवेदन कार्यान्वयनको सवालमा सभामुख देवराज घिमिरेमाथि पनि आलोचना बढेपछि देउवाले आज यस्तो कदम लिएका हुन् ।