
काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ३, जलुवाटोलमा आज बिहान बस र विङ्गर ठोक्किएर भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा १७ जना घाइते भएका छन्। आज बिहान सवा ७ बजेतिर काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र २–०१–००१ ज ००४७ नम्बरको विङ्गर एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको हो। उपचारका क्रममा थप एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेहरुको भोक्राहास्थित ग्लोबल कार्डियो एन्ड न्युरो अस्पताल र इनरुवास्थित सुनसरी जिल्ला अस्पतालमा उपचार भईरहेको छ । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको सुनसरी प्रहरीले जनाएको छ ।










Facebook Comments