काठमाडाैं । कैदीहरूबीच भएको झडपमा एकजनाको मृत्यु भएपछि कैलाली कारागार कैदीहरूको नियन्त्रणमा छ । शुक्रबार मध्यराति झडप भए पनि त्यसपछि कारागार भित्रको घटनास्थलमा सुरक्षा निकायलाई अवरोध गरेका कारण कैदीहरूको नियन्त्रणमा गएको हो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल, कैलालीका प्रहरी उपरीक्षक बालनसिह राणा र सशस्त्र प्रहरीका एसपी सुरेन्द्रराज रञ्जीतसहितका सुरक्षा अधिकारीहरु कारागारको अवस्था बुझ्न गएका थिए । तर कैदीहरुले उनीहरुलाई कारागारभित्र प्रवेशमा अवरोध गरेका थिए ।

ad

जिल्ला सुरक्षा समितिको बैठकले अहिले कारागार सुरक्षाका लागि सशस्त्र प्रहरी पनि तैनाथ गरेका छन् । घटनापछि राष्ट्रिय मानव अधिकार आयोगको टोली पनि कारागारभित्रको घटनास्थलसम्म पुग्न सकेको छैन् ।

कारागारमा शुक्रबार राति सामूहिक झडप भएको थियो । झडपमा धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का ४० वर्षका भरत चौधरीको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन् । यसअघि ४७ जना घाइते भनिएकोमा घाइते अवस्थामै कारागारको छतमा लुकेका थप दुई जना प्रहरीको टोली पुगेपछि फेला परेका हुन् ।

मृतक चौधरीको शव सेती प्रादेशीक अस्पतालको शव गृहमा राखिएको छ । घाइते ४९ जनालाई सेती प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ । अस्पतालका बरिष्ठ फिजिसियन डाक्टर शेरबहादुर कमरले घाइतेहरु मध्ये अधिकांशका हातखुट्टा भाँचिएका छन् । उनले झडपमा फलामका रडहको बढी प्रयोग भएको बताए ।

सेती प्रादेशिक अस्पतालको इमरजेन्सीमा उपचारका लागि स्थान नपुगेपछि घाइतेहरुलाई नजिकै रहेको कोरोनाका बेला बनाइएको भवनमा सारिएको छ ।

धनगढी उपमहानगरपालिका–४ का महेश चौधरी विहानैदेखि तनावमा छन् । उनी कतिबेला सेती प्रादेशिक अस्पतालमा पुगिरहेका छन भने कतिबेला कैलाली कारागार । उनलाई छोराको अवस्थाका बारेमा केही जानकारी पाइएको छैन ।

उनका छोरा शरद चौधरी लागुपदार्थ सम्बन्धि मुद्दामा कैलाली कारागारमा थिए । शरदलाई पाँच वर्षको जेल सजाय तोकिएको थियो । उनलाई जेल सजाय भोगेको दुई वर्ष भयो ।

उनी मात्रै होइन, सेती प्रादेशिक अस्पताल र कैलाली कारागारमा कैदीबन्दीका आफन्तहरुको भीडभाड लागेको छ । धनगढीकै रमेश विनाडीलाई पनि आफ्ना भान्जाका बारेका जानकारी छैन । लागूपदार्थ सम्बन्धी मुद्दामै कारागारमा रहेका उनका भान्जा पनि घाइते छन् ।

छानबिन समिति गठन

कारागार घटनाको छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ । शनिबार प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव निरिक्षक राजकुमार सिह, शसस्त्र प्रहरीका डीएसपी जनकराज पन्त, अनुसन्धान विभागका अनुसन्धान अधिकृत दिपेन्द्र सिह र जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य रहेको पाँच सदस्यीय छानविन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी हमालले बताए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले झडप भएपछि अवस्था अलिकति असामान्य भएको तर त्यस्तो नियन्त्रणमा लिएको भन्ने समाचार गलत भएको बताए ।

घाइतेमध्ये जगदीश राना, रबि चौधरी र आयुष भट्टको अवस्था चिन्ताजनक रहेको छ ।

घाइतेको नामावली

१. जनक देउवा, धनगढी-५ कैलाली

२. रोशन शाही, धनगढी- ५ कैलाली

३. जिवन खत्री गोदावरी नगरपालिका-९ कैलाली

४. नविन नाथ, गौरिगंगा-७ कैलाली

५. शरद चौधरी, धनगढी-५ कैलाली

६. नरेश राना, धनगढी-१३ कैलाली

७. बसन्त खत्री, धनगढी-८ कैलाली

८. राम निवास राना, धनगढी-१० कैलाली

९. कर्ण सलामी मगर, मोहन्याल-३ कैलाली

१०. अभिषेक चौधरी, घोडाघोडी-५ कैलाली

१. धिरज बम, बर्दगोरिया गाउँपालिका-१ कैलाली

१२. मेकेन्द्र गिरी, त्रिवेणी नगरपालिका-८ बाजुरा

१३. रन्जित सिंह, लखिमपुर कवेरी, भारत

१४. निरज जैशी, जानकी गाउँपालिका-९ कैलाली

१५. जगदिश राना, धनगढी-१० कैलाली

१६. हिमाल राना, धनगढी-८ कैलाली

१७. बल राना, धनगढी-५ कैलानी

१८. हर्क गिरी, धनगढी-१८ कैलाली

१९. जनक भण्डारी, लम्कीचुहा-१० कैलाली

२०. किशोर खडायत, भिमदत्त-८ कञ्चनपुर

२१. अमित भुल, टिकापुर-१ कैलाली

२२. कल्पेश बिष्ट, टिकापुर-१ कैलाली

२३. दीपक खत्री, गोदावरी-१० कैलाली

२४. दिनेश साउँद, लम्कीचुहा-१ कैलाली

२५. रवि चौधरी, धनगढी-४ कैलाली

२६. अंकित बाँनिया, पालिनन्दन-१ नवलपरासी

२७. सिद्धार्थ बडेला, गोदावरी-९ कैलाली

२८. बिवेक चौधरी, जोशीपुर-१ कैलाली

२९. मनिष चौधरी, कैलारी-८ कैलाली

३०. गौरब बम, शुक्लाफाँटा-८ कञ्चनपुर

३१. विवस चौधरी, घोडाघोडी-३ कैलाली

३२. शिव थापामगर, टिकापुर-१ कैलाली

३३. अर्जुन खड्का, धनगढी-१३ कैलाली

३४. पुष्पेन्द्र रानार, लखिमपुर खिरी वनगाउ भारत

३५. नरेन्द्र घरेडी, डिलासैनी गाउँपालिका-२ बैतडी

३६. देवेन्द्र सिंह, जानकी गाउँपालिका-२ कैलाली

३७. सन्जु दमाई, बर्दगोरीया-३ कैलाली

३८. विरेन्द्र चौधरी, गोदावरी-१ कैलाली

३९. मानबिर चौधरी, धनगढी-८ कैलाली

४०. मिलन चन्द, धनगढी-५ कैलाली

४१. बिरबहादुर बिष्ट

४२. आयुश भट्ट, गोदावरी-२ कैलाली

४३. एकेन्द्र भाट, धनगढी-६ कैलाली

४४. सुरेश राना, पुनर्वास-१ कञ्चनपुर

४५. पंकज चौधरी, धनगढी-२ कैलाली

४६. मिनबहादुर बिष्ट, अमरगढी-४ डडेल्धुरा

४७. सुरेन्द्र बम, गोदावरी-८ कैलाली