
काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेतासँग भ्रातृ संगठनको अधिवेशनको विषयमा छलफल गरेका छन् ।सभापति देउवाले शुक्रबार बिहान उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग झन्डै तीन घण्टा छलफल गरेका हुन् ।
छलफलमा पार्टीको आन्तरिक विषयमा छलफल भएको उपसभापति खड्काले जानकारी दिए । शिलापत्रसँग कुरा गर्दै खड्काले क्रियाशील सदस्यता नवीकरण, भ्रातृ संस्थाको महाधिवेशन गराउने जिम्मेवारी दिइएको महाधिवेशन निर्देशन समितिको टीओआरलगायका विषयमा छलफल भएको बताए ।
उनले भने, '१५ औँ महाधिवेशनको प्रक्रिया, अन्तिम पटकका लागि भन्दै म्याद थपिएका सात भ्रातृ संस्थाको महाधिवेशन गराउने जिम्मेवारी दिइएको ‘महाधिवेशन निर्देशन समिति’लाई दिने टीओआर विषयमा छलफय भएको हो ।'
उनले जिल्लाहरूमा देखिएको विवादको विषयमा पनि छलफल भएको जानकारी दिए । कांग्रेसको १६ देखि २३ असारसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले क्रियाशील सदस्यता टुंगो लगाउने अवधि असारबाट बढाएर असोज मसान्तसम्म पुर्याएको थियो ।
उक्त विषयलाई टुंगो लगाउने विषयमा आजको बैठकमा छलफल भएको थियो । कांग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको चार वर्षे कार्यकाल आउँदो मङ्सिरमा सकिँदै छ । तर कांग्रेसले महाधिवेशनको तयारी भने गरेको छैन । साथै, क्रियाशील सदस्यतासमेत टुंगो लगाउन सकेको छैन । त्यसो त, भ्रातृ संगठनको महाधिवेशन पनि टुंगो लागेको छैन ।









Facebook Comments