
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले मुलुकी अपराधसंहिताले वर्जित गरेको बहुविवाहलाई वैधता दिने तयारी नभएको भन्दै बहुविवाहलाई वैधता दिन लागिएको चर्चा झुटो भएको बताएका छन् ।
आज प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै मन्त्री चौरसियाले समाजमा असर पार्ने बहुविवाहजस्ता कुनै पनि विधेयक संसदमा पेश नहुने बताएका हुन ।
‘समाजलाई नकारात्मक असर पार्ने तथा सामाजिक मूल्य र मान्यतामा प्रतिकुल प्रभाव पार्नेगरी बहुविवाह लगायतको कुनै पनि विधेयक यस सम्मानित सदनमा पेश नहुने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु’, मन्त्री चौरसियाको भनाई थियो ।
‘सामाजिक व्यवस्था नै खलल गर्नेगरी कानुन निर्माण गर्ने विषयमा कोही पनि सहमत हुन नसक्ने मन्त्री चौरसियाले बताए ।










Facebook Comments